पर्यटकिय गन्तब्यबन्दै गेरुवाको ओखरिया बाँध
- शनिबार श्रावण २ , २०७८
मिन अधिकारी, राजापुर । गेरुवा गाउँपालिकाका उपाध्यक्ष हेमा कुमारी थारुले गेरुवा गाउँपालिकाको विकाससँग जोडिएको महत्वपूर्ण पर्यटकीय क्षेत्र ओझेलमा परिरहेको अवस्थामा जन प्रतिनिधिहरु आए पछि मुहार फेरिन लागेको भन्दै आगामी दिनहरुमा यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउन लागी पर्नु पर्ने बताउनु भएको छ । सक्रिय युवा समाजले इन्टेक क्षेत्रमा आयोजना गरेको बृक्षारोपण कार्यक्रममा यस्तो बताउनु भएको हो ।
इन्टेकमा रमणीय वातावरण, जीवजन्तुको संरक्षण र ओखरीया इन्टेकको संरक्षण गर्न स्थानीय सरकारले वजेट विनियोजन गरेको अबस्थामा सक्रिय युवा समाजका सदस्यहरुले काम सुरु गरेकोमा आभारी भएकोभन्दै ओखरिया क्षेत्रमा आउने पर्यटकको सुविधाका लागि तत्कालै गाउँपालिकाले पिउने पानी र शौचालयको व्यवस्था गरिदिने समेत उपाध्यक्ष चौधरीले प्रतिवद्धता जनाउनु भयो ।
वृक्षारोपण कार्यक्रममा बोल्दै वडा नं. १ का वडाध्यक्ष दयाराम बैद्यले आफ्नो वडामा रहेको पुर्खाहरुको नासो ओखरीया ईन्टेक पर्यटकीय गन्तव्य बनाउनु आफ्नो मुख्य दायित्व भएकाले समाजका सदस्यहरुसँग हातेमालो गर्दै हिडेको बताउनु भयो । ३ वर्ष भित्र बर्दिया कै दोस्रो पर्यटकीय क्षेत्र बनाउन तीनै तहका सरकारबाट डिपिआर स्वीकृत भई ५ करोड वजेट विनियोजन भएर यसै आर्थिक वर्षबाट कामको सुरुवात भएको उहाँको भनाई छ ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट सक्रिय युवा क्लवसँग समन्वय गरी ओखरीया इन्टेकको विकासका लागि सहयोग गर्ने गाउँपालिकासहित १० जनालाई सम्मान पत्र प्रदान गरिएको थियो । समृद्धि सम्भव छ हाम्रै पाला, मिलि बनाउँ ओखरीया इन्टेकलाई पर्यटकीय थला भन्दै वृक्षारोपण तथा सरसफाई कार्यक्रमको आयोजना गरिएको हो । गेरुवा गाउँपालिकाको सहकार्यमा सकृय युवा समाजले ओखरीया इन्टेक वरपर २ सय ५० बढी विभिन्न जातका वोट विरुवाहरु रोपेको सकृय युवा समाजका अध्यक्ष निश्चल न्यौपानेले जानकारी दिनुभयो ।