कोभिडमा रोजगारी गुमाएका विपन्नलाई युनिकद्वारा खाद्यान्न
- शुक्रबार श्रावण १ , २०७८
मिन अधिकारी, राजापुर । युनिक नेपाल बर्दियाले राजापुर नगरपालिकाका अति बिपन्न परिवारलाई राहत बितरण गरेको छ । कोभिडका कारण रोजगार गुमाएका राजापुर नगरपालिका वडा नं ४ का १ सय परिवारलाई राहत बितरण गरिएको हो ।
युनिकले प्रति परिवार २५ केजी चामल १ प्याकेट नुन, २० पिस माक्स, सावुन लगायतका अत्यावस्यक खाद्य सामग्री बितरण गरिएको युनिक नेपालका अध्यक्ष प्रिमवहादुर चौधरीले बताउनुभयो । युनिक नेपाल बिगतका दिनमा बिभिन्न सहयोग कार्यक्रम गर्दै आएको भन्दै आगामि दिनमा निरन्तर सहयोग गर्न तयार रहेको युनिक नेपालका संरक्षक तथा पूर्व भुमिसुधार मंत्री डाक्टर गोपाल दहितले बताउनु भयो ।
बर्दिया उद्योग बाणिज्य संघले राहतको लागी पहल गरेपछि आफुहरुले सामाजिक उत्तरदायित्व अन्र्तगत राहत उपलब्ध गराएकोले सदुपयोग गर्न डा. दहितले आग्रह गर्नुभयो । बर्दिया उद्योग बाणिज्य संघको समन्वयमा युनिक नेपालले राहत बितरण गरेको हो ।
कोरोना महामारीबाट जोगिन सहयोग पुग्ने उद्देश्यले युनिकले बिभिन्न उपकरण लगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरिसकेको छ । बर्दिया उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कुमार रेग्मीको अध्यक्षतामा राहत बितरण कार्यक्रम गरिएको हो ।