मानवअधिकार संरक्षण प्रहरीको प्राथमिकतामा : एसपी कार्की
- बिहिबार असार ३१ , २०७८
चुरेकुञ्ज, गुलरिया । ‘प्रहरीले मानवअधिकार संरक्षणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै आएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताउनु भएको छ । इन्सेकले गुलरियामा आयोजना गरेको मानवअधिकार वर्षपुस्तक अर्धवाषर््ीक सम्पादन पुर्वसमिक्षा कार्यक्रममा प्रमुख अतिथी कार्कीले महिला, बालबालिका, जेष्ठ नागरिकको समस्या समाधान गर्न केन्द्र देखि इलाका प्रहरी कार्यालय तहसम्म यूनिट स्थापना गरी काम गरिरहेको बताउनु भयो ।
नेपाल प्रहरी बिशुद्ध कानुन कार्यान्वयन गर्ने निकाय भएकोले कुनैपनि दवाव र प्रभाव भन्दा माथि उठेर काम गर्दै आएको बताउनु भयो । सामाजिक मुद्धा सम्बोधन र न्यूनिकरण गर्न धेरै समय लाग्न सक्ने भएकाले सरोकारवालाहरुले आआफ्नो ठाउँबाट जिम्मेवारी पुरा गर्न सके छोटो समयमै अनुसन्धानलाई सहज हुने उपरिक्षक कार्कीको भनाई छ ।
इन्सेकलेगर्दै आएको मानवअधिकार उल्लंघनका घटना अनुगमन र अभिलेखिकरणले घटनाको यथार्थ बाहिर ल्याउन सहयोगी भुमिका रहेको बताउँदै यसले पीडितलाई न्यायको लागि सहयोग पुग्दै आएको छ । प्रहरीको इन्सेकसंग धेरै पुरानो सम्बन्ध र सहकार्य रहेको र मानवअधिकारसंग सम्बन्धीत विषयमा छलफल गरी समन्वय गर्दै अगाडी बढेको कार्कीले प्रष्ट्याउनु भयो ।
कार्यक्रममा इन्सेक जिल्ला प्रतिनिधी मानवबहादुर चौधरीले सन २०२१ जनवरी देखि जुनसम्म बर्दिया जिल्लामा घटेका मानवअधिकारसंग सम्बन्धीत घटना प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत घटनामा बालबालिका बलात्कार तथा बलात्कार प्रयास २०, महिला बलात्कार ६, महिला माथि र्दुब्यवहार ३, बालविवाह १, बहुविवाह ७, जातिय छुवाछुत १, बोक्सीको आरोप १ गरी ४० वटा रहेका छन् । इन्सेकले विगत २७ वर्ष देखि नेपालको सबै जिल्लामा मानवअधिकार उल्लघनका घटना अनुगमन तथा अभिलेख गरी हरेक वर्ष नेपाल मानवअधिकार वर्ष पुस्तकको रुपमा पुस्तक प्रकासन गर्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियामा प्रमुख एसपि इश्वर कार्कीले घटनाको विषयमा लिखित रुपमै सुझाव दिनु भएको थियो । सो अवसरमा अन्य सहभागिहरुले बालबालिकाहरु माथि हुने बलात्कार लगायत घटनामा बृद्धि हुनु चिन्ताको विषय भएको बताउनु भयो । बालविवाह निरन्तर भइरहेको अवस्था भएपनि सरकारी तथा गैरसरकारी सरोकारवालाहरुबाट एकिन तथ्याङ्क आउन नसकेको अवस्थामा इन्सकेले यसतर्फ ध्यान दिनुपर्ने । जेष्ठ नागरिकहरु माथि भइरहेको हिंसाका घटनालाई पनि समेट्नु पर्ने ।
सम्बन्धीत सरोकोरवालाहरुसंग समन्वय सहकार्य नपुगेकोले यसतर्फ ध्यान दिनु पर्ने । कोविड—१९ को महामारीको कारण बिद्यालय बन्द हुँदा बालबालिकाहरुले शिक्षा लिनबाट बन्चित हुन परेको अवस्थालाई पनि मानवअधिकारको कोणबाट अभिलेख गर्न पर्ने । कोविड १९ संक्रमण भई उपचार सहजतरिकाले पाउन नसक्दा मृत्यू भएका ब्यक्ति र उपचारमा देखिएको समस्यालाई पनि वर्ष पुस्तकमा समेत्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा प्रहरी, मानवअधिकार क्षेत्रमा क्रियाशिल विभिन्न सस्था, पत्रकार कानुन ब्यवसायीहरुको सहभागिता थियो ।