fbpx

बर्दिया पुर्णखोप सुनिश्चित जिल्ला घोषणा

बर्दिया पुर्णखोप सुनिश्चित जिल्ला घोषणा

मुरली गोडिया, गुलरिया । बर्दिया जिल्लालाई पुर्णखोप जिल्लाका रुपमा घोषणा गरिएको छ । बर्दियाका ६ ओटा नगरपालिका र २ वटा गाँउपालिकालाई क्रमश पुर्णखोप पालिका घोषणा पश्चात जिल्लालाई पुर्ण खोप सुनिश्तिता जिल्ला घोषणा गरिएको हो ।
पुर्ण खोप सुनिश्तिता गर्ने निर्देशीका बमोजिम बर्दिया जिल्लाका १६ देखी २३ महिना सम्मका सम्पुर्ण बालबालिकालाई १५ महिना भित्र पाउनु पर्ने सवै खोप प्रदान गरिएको जिल्लाको रुपमा नेपालको ६१ औं जिल्ला भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवम् प्रदेस पूर्ण खोप समन्वय समितिका अध्यक्ष डाक्टर विकास देवकोटाले बर्दियालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गर्नु भएको हो । बर्दियामा यहि असार २७ गते भित्र १६ देखि २३ महिना सम्ममा १५ महिना भित्र लगाउनु पर्ने खोप सम्पुर्ण बालबालिका पुर्ण खोप लगाई सकेको सुनिश्चित गरेपछि घोषणा गरिएको छ ।

बर्दिया जिल्ला लुम्बिनी प्रदेशको १२ वटा जिल्ला मध्य ११ औँ जिल्ला हो । बाँकी रहेको लुम्बिनी प्रदेशमा रुकुमपुर्व जिल्लालाई पनि घोषणा गरि छिट्टै लुम्बिनी प्रदेशलाई पुर्ण खोप सुनिश्चितता घोषणा गर्ने तयारीमा रहेको स्वास्थ्य निर्देनालय लुम्बिनी प्रदेशका निर्देशक डा. विनोद कुमार गीरीले बताए । खोप लगाउने लक्षित समुह जन्मे देखि १५ महिनाको बालबालिकाको संख्या ९ हजार ३ सय ३८ रहेको छ भने १६ महिना देखि २३ महिना सम्म उमेरका बालबालिकको संख्या ५ हजार ६ सय ७० रहेको छ ।
गत फागुन र चैत महिनामा महिला महिला स्वास्थ्य स्वयमसेवकाहरुको सहयोगमा घरधुरी सर्वेक्षण गरि खोप लगाउन छुट भएका जम्मा १ सय २० जना बालबालिकालाई पुर्ण खोप दिएपछि पुर्ण खोप सुनिश्चितता गरिएको जानकारी स्वास्थ्य कार्यालय बर्दियाका खोप फोकलर्पन दुर्गाप्रसाद ढकालले प्रतिबेदन प्रस्तुत गर्दै जानकारी गराउनु भएको हो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य बिमला बिकले खोप अभियानलाई सफल पारेर “समृद्ध नेपाल सुखि नेपाली” नेपाल सरकारको कार्यक्रमलालई योगदान पुर्याएको बताउनु भयो ।

यसलाई निरन्तरताको आवश्यक रहेको कुरामा जोडदिनु भयो । जिल्ला खोप समिति संयोजक तथा जिल्ला समन्वय समिति बर्दियाका प्रमुख शंकरप्रसाद थारुको सभापतित्वमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश स्वास्थ्य तथा जनसंख्या निर्देशनालयका निर्देशक डा. बिनोदकुमार गिरी, संघीय स्वास्थ्य मन्त्रालय परिवार कल्याण खोप महाशाखाका प्रमुख डा. झलक गौतम, बारबर्दिया नगरपालिकाका नगरप्रमुख दुर्गाबहादुर थारु लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । कार्यक्रममा महिला स्वास्थ्य स्वयमसेविका संजाल अध्यक्ष दुर्गा रावलले महिला स्वयमसेविकाको भूमिका र योगदान तथा उनिहरुालाई परेका गुनासोका बारेमा प्रष्ट पार्नु भएको थियो ।

तपाइको मत