fbpx

पाँच दल मिलेर सरकार बनाउँछौ : देउवा

पाँच दल मिलेर सरकार बनाउँछौ : देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले लोकतन्त्रलाई जोगाएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्दै मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको छ ।

सर्वोच्चको फैसलापछि छोटो प्रतिक्रिया दिँदै सभापति देउवाले भने, ‘अदालतले लोकतन्त्र जोगायो । न्यायालय स्वतन्त्र छ भन्ने पुष्टि भएको छ । अब पाँच दल मिलेर सरकार बनाउँछौं ।’ सर्वोच्चको फैसलापछि सोमबार अपरान्ह विपक्षी गठबन्धनको बैठक बस्दैछ ।

तपाइको मत