काँग्रेसका शुभेच्छुक संस्थाहरुद्वारा असंवैधानिक कदमको बिरोध
- शनिबार माघ २४ , २०७७
चुरेसमाचार, गुलरिया । नेपाली काँग्रेस पार्टीका शुभेच्छुक संस्थाहरुले ओली सरकारको असंवैधानिक कदमका विरुद्धमा मौन र्याली सहित विरोध प्रर्दशन गरेका छन् । शनिवार गुलरियामा निकालिएको र्यालीले बजार परिक्रमा गरी राधाकृष्ण चोकमा कोणसभा गरेको हो ।
नेपाली काँग्रेस केन्द्रिय समितिको सर्कुलर वमोजिम नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति संजयकुमार गौतम्को अध्यक्षतामा बसेको शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको वैठकले सरकारको असंवैधानिक कदम विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको थियो । नेपाली काँग्रेसका शुभेच्छुक संघ संस्थाहरुले शनिवार विहान विशाल मौन र्याली सहित विरोध प्रद्र्धशन गरेको नेपाली काँग्रेसका नेता जग्गाप्रसाद पाण्डेले बताए ।
नेपाल ट्रेड युनियन काँग्रेसको अगुवाईमा गरिएको विरोध सभामा नेपाल शिक्षक संघ, नेपाल प्रेस युनियन, नेपाल प्राध्यापक संघ, नेपाल कर्मचारी युनियन संघ लगायत नेपाल साँस्कृतिक संघमा आवद्ध सदस्यहरुको सहभागिता थियो । काँग्रेस पार्टी विधानले तोके अनुसार १८ वटा शुभेच्छुक संस्थाहरुले मान्यता पाएका छन् । कोणसभालाई सम्वोधनगदै नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्षले ओलीले असंवैधानिक कदम सच्चाउनु पर्ने बताएका छन् । र्यालीका सहभागीहरुले विभिन्न नाराहरु लेखिएका प्लेकार्डहरु मार्फत महंगी, कुशासन, भ्रष्टाचारका विरुद्धमा आवाज उठाएका छन् ।