शिक्षा बिकास तथा समन्वय इकाई कार्यालयमा शिक्षकको धर्ना
- शुक्रबार असार २५ , २०७८
मिनअधिकारी, बर्दिया । नेपाल शिक्षक महासंघ बर्दियाले आन्दोलनको तेस्रो चरण अन्र्तगत गुलरियामा धर्ना कार्यक्रम गरेको छ । शैक्षिक क्षेत्रमा रहेका विभिन्न व्यथिति हटाउन महासंघले शिक्षा बिकास तथा समन्वय इकाई बर्दियामा धर्ना दिएको हो । महासंघ निरन्तर आन्दोलनमा रहेको छ ।
शिक्षकका पेशागत संघ संगठनहरुसँग गरिएका सम्झौताहरु लागु हुनु पर्ने, शिक्षकहरु माथिको विभेद अन्त्य हुनु पर्ने,कोभिड विरुद्धको खोपको तत्कालै व्यवस्था गर्नु पर्ने, कोभिडबाट मृत्यु वरण गर्ने शिक्षकका परिवारलाई क्षतिपूतिको व्यवस्था गर्नु पर्ने, वाल विकास र विद्यालय कर्मचारीको दरबन्दी कायम गर्नु पर्ने, शिक्षामा लगानी बढाउनु पर्ने, संघीय शिक्षा ऐन र नियमावली लागु गर्नु पर्ने, बजेटमा शिक्षक माथि गरिएको विभेद तत्काल सच्याउनु पर्ने लगायतका माग राखेर बर्दियामा शिक्षकहरु आन्दोलित भएका हुन् । बर्दियामा शिक्षक महासंघका सचिव भेषराज गैह्रेको नेतृत्वमा धर्ना कार्यक्रम गरिएको हो ।