fbpx

फेरी भेडा सम्झिएर आयौ

फेरी भेडा सम्झिएर आयौ

वावुराम कडेल, गुलरिया, बर्दिया ।

कविता ।

१८२४ दिन पछी आयौ
रुप रंगै फेरीएछौ

गाउँको सुगन्ध नै हराएछ
वजारू सुगन्ध लिएर आयौ

गाउँका दौतरी खाडी पठाएर
शहरका लठैत वोकेर आयौ

खेतवारी वाझै वनाएर
वोरामा चामल लिएर आयौ

पहिला त् तपाई कै छोरा हु भन्थ्यौ
अब त आश मरिसके पछी आयौ

भो सपना र आत्मीयता नदेखाउ
आफ्नै असली रुप देखाएर आयौ

भ्रमको खेती धेरै भयो अब
जनतालाई फेरी भेडा सम्झेर आयौ !!

२०७८/०३/११

तपाइको मत