fbpx

पूर्वप्रहरी कर्मचारीलाई प्रहरी कार्यालयको स्वास्थ्य शिविर

पूर्वप्रहरी कर्मचारीलाई प्रहरी कार्यालयको स्वास्थ्य शिविर


चुरेकुञ्ज, बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दिया र मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज बांकेको संयुक्त आयोजनामा जिल्ला प्रहरी कार्यालय बर्दियाको प्राङ्गणमा पुर्ब प्रहरी कर्मचारी, अमर प्रहरी परिवार र बहालवाला प्रहरी कर्मचारीका लागि निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । प्रहरी कार्यालयले जिल्लामै पहिलो पटक प्रहरी परिवारलाई लक्षित गरी स्वास्थ्य शिविर आयोजना गरेपछि पूर्व परिवारहरु खुशी भएका छन् ।

शिविरमा मध्य पश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगंज बांकेका बिशेषज्ञ चिकित्सक सहित १४ जना स्वास्थकर्मी र भेरी अस्पताल बांकेका कार्डियोलोजिस्ट डाक्टर बिपिन आचार्य, अर्थोपेडिक डाक्टर राहुल मिश्र लगायतले नाक, कान, घाँटी, हाडजोर्नी, गोईनो, मुटु, डेण्टल, रक्तचाँप र जनरल वहिरंग. सेवा गरी जम्मा २२५ जनालाई निःशुल्क स्वास्थ्य चेकजाँच, परामर्श तथा निःशुल्क औषधी बितरण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका एसपी ईश्वर कार्कीले बताउनु भयो ।

तपाइको मत