सुर्खेतमा असार मसान्त सम्म निषेधाज्ञा थपियो
- शुक्रबार असार २५ , २०७८
हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रशासन कार्यलय सुर्खेतको वैशाख १४ गते देखि जारी निषेधाज्ञा पछिल्लो पटक पुनः थप गरी केही खुकुलो बनाउँदै थप एक हप्ताका लागि निषेधाज्ञा थपिएको छ । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार असार ३१ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा बढाइएको हो ।
कोभिड संक्रमितहरुको संख्या क्रमिक रुपमा कम हुँदै गएतापनि जिल्लामा अझै सक्रिय संक्रमित बढी रहेको र जोखिम कायमै रहेको हुँदा सर्वसाधारको समस्यालाई मध्यनजरगर्दै थप खुकुलोका साथ निषेधाज्ञा थपिएको हो । औषधि र औषधिजन्य पदार्थको पसल र इन्धनका पम्पहरु २४ सै घण्टा सञ्चान हुनेछन् । तरकारी फलफूल लगाएत दूधजन्य पदार्थका पसल बिहान ६ बजेदेखि बेलुका ६ बजे सम्म खोल्न सकिने र खाद्यान्न पसल लगाएत अत्यावश्यक सामग्रीको पसलहरु बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म संचालन गर्न पाइने छन् ।
होटल रेष्टुरेन्टहरुले क्षमताको ५० प्रतिशत सहित डेलिभरी सेवा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ । गोष्ठी सभा सम्मेलन तालिम तथा कुनै पनि जमघटका कार्य यस अवधिमा सञ्चालनमा रोक लगाएको छ । त्यसै गरी सम्पूर्ण निजी सवारी साधन भाडाका सवारी साधन सार्वजनिक यातायातका साधन जिल्ला भित्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।
एम्बुलेन्स, दमकल, सञ्चार, विद्युत, सरसफाइ, स्वास्थ्यकर्मी, अत्यावश्यक कार्यालय एंव संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने र अनुमति प्राप्त सवारी साधन लगाएतका साधनहरू भने निर्वाध रुपमा सञ्चान हुन् दिने जारी आदेशमा उल्लेख गरिएको छ । आदेशको उल्लघन गरी नियम विपरीत कार्य गरे गराए कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ तथा स्थानिय प्रशासन एन २०२८ अनुसार कारबाही गरिने बताइएको छ ।