fbpx

स्वर्गिय शिक्षकका परिवारलाई सहयोग हस्तान्तरण

स्वर्गिय शिक्षकका परिवारलाई सहयोग हस्तान्तरण

हरिवंश पाण्डे, बर्दिया । चुरे माध्यमिक विद्यालयका काठमांडौमा रहेका पूर्ब विद्यार्थी परिवारले लामो समयदेखि ब्रेन ट्यूमरबाट ग्रसित भै मृत्यु भएका ठाकुरबाबा नगरपालिका वार्ड नम्बर १ डुम्रेनिका शिक्षक अग्रबहादुर शाहीको परिवारलाई आर्थिक सहयोग गरेको छ । दीर्घरोगले थलिँदा उपचारमा आर्थिक समस्या भएपछि समाजसेबी शिक्षक विद्यार्थी व्यापारी लगाएत सम्पूर्णमा आर्थिक सहयोगको अनुरोध गरिएको थियो ।

बर्दिया बगनाहा स्थित चुरे माध्यमिक विद्यालयमा अध्ययन गरेका पुर्ब बिद्यार्थीहरु काठमांडौमा एकजुट भई चुरे माध्यमिक विद्यालयका पूर्ब विद्यार्थी परिवार काठमाडौ समिति गठन गरेको थियो । चुरे बिद्यालयमा अध्ययन गरी काठमाडौ बस्नु भएका साथीहरू सङ्ग भेटघाट मेलमिलाप मित्रता बनोस बन्ने उदेश्यका साथ चुरे माध्यमिक विद्यालयका पूर्ब विद्यार्थीहरु एकजुट भएका हुन् । चुरेबाट अध्ययन गरी विभिन्न कामको शिलशिलामा देश, बिदेशमा रहेकाहरु एकजुट भइ आफ्ना ठाँउ क्षेत्र जिल्लामा परेको समस्यालाई पूर्ब विद्यार्थी परिवारले हातेमालो गर्दै आएका छन् ।

केही समय अघि आफ्ना शिक्षक अग्रबहादुर शाहीको उपचारमा आर्थिक सहयोग पुर्याउने हेतुले रकम संकलन अभियान सञ्चालन गरिएको थियो । तर सोही उपचारको क्रममा शिक्षक शाहीको मृत्यु भएपछि पूर्व विद्यार्थीबाट संकलित रकम १ लाख ६ हजार ५ रुपैया घरमैं पुगी चुरे मा. वि. पुर्बबिद्यार्थी काठमाडौ परिवारका अध्यक्ष जगत बानियाँको उपस्थितिमा चुरे माविका पूर्व प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलबाट शाहीकी धर्मपत्नीलाई हस्तान्तरण गरेको विद्यार्थी परिवारका सचीव प्रेम थापाले जानकारी दिए ।

जिल्लामा बिभिन्न समयमा आइपरेका समस्यामा विद्यार्थीहरुले सहयोगगर्दै आएका छन् । गुरुको परिवारको लागि सहयोग गर्ने सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद दिदै जो जहाँ भए पनि सम्पूर्ण साथीहरुको स्वास्थ्य लाभको कामना थापाले गरे । हामी जो जहाँ छौ चुरे बिद्यालयमा अध्ययन गर्नु भएका साथीहरूलाई एकजुट हुन आग्रह गर्दछौं । आगामी दिनमा पनि सबैको साथ सहयोग सुझाव सहयोगको अपेक्षा गरेका छौं । चुरेका पूर्व विद्यार्थी परिवारले विभिन्न समयमा पिकनिक, चाडपर्व मिलन जस्ता विविध कार्यक्रमगर्दै आएको छ ।

तपाइको मत