fbpx

रोटरी क्लब बर्दियामार्फत विपन्न परिवारलाई खाद्यान्न

रोटरी क्लब बर्दियामार्फत विपन्न परिवारलाई खाद्यान्न

मुरली गोडिया, बर्दिया । गुलरिया नगरपालिकामा १ सय ५ घरपरिवारलाई खाद्यान्न सामाग्री राहत वितरण गरिएको छ । रारा मानविय तथा वातावरणीय स्रोत विकास प्रयास (रेरि बाके) ले रोटरी क्लब अफ बर्दियाको समन्वयमा तथा गुलरिया नगरपालिकाको सहकार्यमा राहत वितरण गरेको छ ।

गुलरियामा ४, ५, ६, ७ तथा ८ नं. वडाका गरि १ सय ५ घरपरिवारलाई प्रति घर ३५ किलो चामल, २ किलो दाल, २ लिटर तेल, २ किलो नुन, २ किलो चिनी लगायत चार लाख अड्तीस हजार रकम बराबरको राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रमका प्रमुख अतिथि तथा गुलरिया नगरपालिकाका नगर प्रमुख मुक्तिनाथ यादवले आफना नगरबासीको खाद्यान्न समाग्रीको अभाव न्युनिकरणका लागी विभिन्न संघसंस्थासंग समन्वय गरी रहत वितरणका क्षेत्रमा कार्य गरि रहेको बताए ।

रेरी बाँके तथा रोटरी क्लब अफ बर्दियाले गरेको रहत वितरणलाई धन्यवाद दिंदै नगरप्रमुख यादवले अगामी दिनमा थप राहतका कार्यक्रममा सहयोग गर्न अनुरोध गरेका छन । रेरि बाकेका अध्यक्ष पुनित विक्रम शाहले लकडाउनका कारण कुनै पनि गरिब असहायहरुले भोक भोकै बस्नुपर्ने अवस्था नआओस् भन्ने उदेश्यले गुलरियामा राहत वितरण गरिएको बताए । राहत वितरणको शिलशिला जारी रहेकाले दाङ, बाके,कैलाली र सल्यान समेत आयोजना गरिने अध्यक्ष शाहले बताए ।

रेरि बाकेले लामो समयदेखिको लकडाउनका कारण समस्यामा परेका अति गरिब, असहाय र अपांगता भएका व्यक्तीहरुलाई लक्षित गरि राहत वितरण गरेको हो । कोभिड १९ का कारण विभिन्न पेशा, व्यवसाय धारासायी अवस्थामा पुगेको र नागरिकहरु रोजगार विहिन अवस्थामा रहेकाले गुलरिया केही वडामा बसोवास गर्ने अतिविपन्न परिवारलाई राहत प्रदान गरिएको रोटरी क्लब अफ बर्दिया वर्ष २०२१ का प्रेसिडेन्ट इलेक्ट सुधांशु प्रकाश शर्माले बताए ।

रोजगारी गुमेको अवस्थामा घरपरिवार पाल्न समास्या परेका बेला संस्थाले गरेको सहयोगले आफुलाई खुशि बनाएको राहत वितरणमा सहभागी भएका गुलरिया ६ का आकाश अधिकारीले प्रतिक्रिया दिएका छन । सो कार्यक्रम नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्य, जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रतिनिधी लागयतको उपस्थितीमा राहत वितरण कार्य गरिएको छ ।

तपाइको मत