fbpx

‘चुरेको छहारीमा एसियन हात्ती’

‘चुरेको छहारीमा एसियन हात्ती’

यादव आचार्य, गुलरिया, बर्दिया । तराईको उखरमाउलो गर्मी छल्न भारतबाट एसियन हात्तीहरु झुण्डका झुण्ड नेपाल आएका छन् । भारतको दुधवा नेशनल पार्क तथा कर्तनियाघाट वाईल्ड लाईफ सेन्चुरीका वासस्थानहरुमा बस्दै आएका जंगली हात्तीहरु बर्दियाको मधुवन नगरपालिकामा अवस्थित खाताजैविक मार्गहुँदै बर्दिया राष्ट्रिय निकुञ्ज भित्रको चुरेक्षेत्रमा आईपुगेका छन् ।

चुरे पहाडको फेदहुँदै बर्दिया राष्ट्रिय निकुञ्ज भएर बग्ने कर्णाली र बबईको शीतल नदी तटीयक्षेत्र, प्रशस्त आहारा र सुरक्षित बासस्थानका कारण निरन्तर मार्गहुँदै भारतबाट एसियन हात्तीको कैयौ झुण्ड निकुञ्जमा प्रवेश गरेको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । यतिखेर बर्दियामा हात्तीको संख्या बढोत्तरी भएको छ । पोथी हात्तीले नेतृत्वगर्दै भाले हात्तीको सुरक्षामा ३÷४ वटा झुण्ड बर्दिया भित्रिएको छ ।

पहिलो पटक ४०÷५० वटा हात्तीको समूह नेपाल प्रवेश गर्यो । उनले भने लगत्तै केही दिनको अन्तरालमा १५÷२० वटा हात्तीको दुई वटा समूह जैविकमार्ग डल्लाहुँदै निकुञ्ज प्रवेश गरेको हो । करिव ८० वटा प्रवासी एसियन हात्तीहरु नेपाल आएका हुन् । बर्दिया राष्ट्रिय निकुञ्जमा ४० वटा रैथाने हात्ती बस्दै आएका छन् । हात्तीका झुण्ड थपिएसँगै बर्दियामा हाल जंगली हात्तीको संख्या करिव १ सय २० वटा पुगेको छ । उनले भने यी हात्तीहरु फिरन्ते भएकाले केही समय भारतमा र केही समय नेपालमा विताउँछन् ।

गर्मी छल्न नेपालमा आएका हात्तीहरु जाडो छल्न भारतीय जंगलमा पुग्छन् । यिनीहरुको बसाई ४ महिना नेपालमा हुन्छ । यिनीहरु चुरेक्षेत्रको बबई उपत्यका सम्म पुग्ने गर्छन् । अधिकृत श्रेष्ठले थपे यिनै हात्तीहरुलाई भारतमा हुँदा भारतले र नेपालमा रहँदा नेपालले आफ्नो संख्यामा गणना गर्छन् । समूहमा रहने हात्तीहरु प्राय गाउँघर तिर पस्दैनन् । कुनै कुनै हात्तीहरु भड्किएको अवस्थामा गाउँघरतिर आउने गर्छन् र ति खतरनाका हुन्छन् । हामीले समुदायलाई हात्ती नेपाल प्रवेश गरेकाले सजग रहन अनुरोध गरेका छौं ।

अन्र्तराष्ट्रिय खाता जैविक मार्ग साघुरो भएकाले ठूला बन्यजन्तु आवत जावतमा समस्या आउने गर्छ । सडक पूर्वाधारका कारण अम्रेनी देखि चिसापानी सम्मको राजमार्ग क्षेत्र पारगर्दा उनीहरुलाई हम्मे हम्मे पर्छ । बनक्षेत्रको अतिक्रमण लगायत हात्ती हिड्ने बाटोमा मानववस्ती भएका कारण मानवहात्ती विच द्वन्द बढेको पाईन्छ । हात्तीबाट मानविय तथा भौतिक क्षती हुन नदिन समुदाय स्तरमा हात्ती मेरो साथी लगायतका चेतनात्मक कार्यगर्दै हात्तीको आनीवानीका बारेमा सचेतपार्दै आएको उनले प्रष्ट्याए ।

मानव—हात्ती विचको द्वन्दात्मक अवस्था हात्ती संरक्षणको प्रमुख चुनौती छ । हात्तीले समुदायमा मानविय तथा भौतिक क्षती पुर्याउँदै आएको छ । मानिसहरु हात्ती प्रति रुष्ट छन् । ०५५ साल देखि हाल सम्म हात्तीको आक्रमणमा परी ४२ जनाले ज्यान गुमाएको निकुञ्जको तथ्यांक छ । यसै बर्ष हात्ती आक्रमण आमाछोरी सहित ४ जनाको मृत्यु भएको छ ।

हात्तीले वालीनाली नोक्सान गरेको आवेगमा समुदायले पनि करेण्ट लगायर हात्ती मारेका छन् । मानव हात्ती द्वन्द रोक्न निकुञ्जले जैविक वार, सोलार फेन्सिंग, आरसीसी वाल लगायतका भौतीक संरचना निर्माण गरेको छ । निकुञ्जले हात्तीको वासस्थान सुधारगर्दै आहारा बृद्धिलाई प्राथमिकता दिदै आएको छ । निकुञ्जले हात्तीबाट मृत्यु भएका परिवारलाई १० लाख रुपैया र घाईतेको सम्पूर्ण उपचार गर्ने गरेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले बताए ।

तपाइको मत