बालबालिका उद्धारगर्न गुलरियामा नेपाल—भारत अन्तर संवाद
- आइतबार असार २० , २०७८
विष्णु तिमिल्सिना, बर्दिया । नेपाल र भारतका विच खुल्ला सिमानाका कारण प्रलोभनमा परी बेचिएका तथा जोखिमा रहेका बालबालिकाहरुको उद्धारगरी स्वदेश फिर्ताको लागी पारस्परिक सहयोग र समस्या समाधानका सवालमा अन्तर संवाद कार्यक्रम गुलरियामा सम्पन्न भएको छ । गुलरिया नगरपालिकाको आयोजना इन्डोनेपाल चाइल्ड प्रोटेक्सन फोरम÷राष्ट्रिय बाल संरक्षण संञ्जालको समन्वय तथा ग्रामिन समाज उत्थान मंच नेपाल (बाँक)े को सहजीकरणमा उक्त कार्यक्रम भएको हो ।
खुल्ला सीमानाका कारण नेपालका बालबालिका भारत जाने र भारतका बालबालिका नेपालमा आउने र उनिहरु जोखिम अवस्थामा रहेका ति बालबालिकाहरुको उद्धार गरी स्वदेश फर्काउने विषयमा स्पष्ट सन्धि नभएका कारण कानुनी जटिलता रहेको हुंदा त्यस विषयमा नेपाल भारत दुवै सरकारले संघिय स्तरमा गम्भिर भएर सोच्नुपर्ने बेला आएको उक्त कार्यक्रममा सहभागीहरुले व्यक्त गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले नेपालबाट भारत गएका र भारत बाट नेपाल आएका बालबालिकाहरुलाई कानुनी प्रकृयाबाट उद्धार गर्न दुइ देशिय सन्धि नभएका कारण कानुनी समस्या भएको बताउदै मानवताको नाताले सम्वन्धित जिल्लाका प्रमुख र संघ सस्थाको पहलमा उद्धार कार्य भैरहेको जानकारी दिनु भयो । बर्दियाको दक्षिण तर्फ करिब ८२ किलो मिटर लम्वाई रहेको खुल्ला सीमानाका कारण बर्दियाका मात्र नभई अन्य जिल्लाका बालबालिका पनि भारतका विभिन्न सहरमा रहेको देखिएको हो ।
प्रहरी उपरिक्षक इश्वर कार्किले नेपालमा मानव अधिकार बेचविखन सम्वन्धि कानुन र उत्कृष्ट भएको बताउदै तर कार्यान्वयनको क्रममा केहि कानुनी जटिलता रहेको हुदा भारतिय गैर सरकारी सस्थाहरुले नेपाली नागरिकहरुलाई उद्धार गर्नमा सहयोग पुरयाएकोे र सो सहयोग निरन्तर जारी रहने आशा पनि व्यक्त गर्नु भयो ।
शसस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावतले करिब ८२ किलोमिटर लम्वाई क्षेत्र संग सीमा जोडिएको र सो क्षेत्रमा करिब ७ हजार ६ सय भन्दा बढि सीमा क्षेत्रमा नागरिक बसोवास गरीरहेको बताउदै मानव बेचविखन ओसार पसार क्षेत्रमा स्थानियको सहयोग अत्यन्त आवश्यक रहेको बताउनु भयो । साथै उहाले हाम्रा सांगठनिक तथा भौतिक संरचनाहरु बालबालिका मैत्री, महिला मैत्रि हुनुपर्ने बताउनु भयो ।
राष्ट्रिय बाल संरक्षण सञ्जालका ऋृतु भटटले सिमा पार भएका बालबालिकालाई उद्धारका लागी विभिन्न समस्याका वाबजुद पनि केहि बालबालिकाको उद्धार गरिएको हुदा अव स्थानिय तहको पहलमै केन्द्रसम्म यस विषयलाई गम्भिरता पुर्वक लिनु पर्ने बताउनु भयो । भारत देहात सस्थाका निर्देशक दिव्यानि चतुर्वेदिले दुवै देशका सरकारले सीमा पार भएका बालबालिकाहरु जोखिम हुने तथा ति बालबालिकाहरुको तत्काल उद्धारका लागी योजना नबनाएको अवस्थामा सीमा क्षेत्रमा रहेका सरकारी अधिकारी तथा गैरसरकारी संघ सस्थाहरुले आफनै पहलमा बालबालिकाको उद्धार गरिरहेको अवस्थामा यसलाई अझै सहज बनाउनका लागी थप समन्वयको आवश्यक भएको बताउनु भयो ।
कारितास इन्डियाका कार्यक्रम संयोजक एनिमेस बिलियम्सले यो समस्या समाधानका लागी परराष्ट्र मन्त्रालय स्तर बाटै संवेनशिल भएर लाग्नु पर्ने बताउनु भयो । नेपालमा मानव बेचविखनमा नेपाल भारत संवाद कार्यक्रममा बालसंरक्षण, मानव बेचबिखन उद्धार तथा स्वदेश फिर्ता व्यवस्थापनका लागीे गुलरियामा आयोजना गरिएको कार्यक्रममा गुलरिया नगरपालिकाका उप प्रमुख शुसिला गीरीले बालबालिका भारत जानुपने बाध्यता गरिबि अशिक्षा रहेको हुदा यस विषयमा नगरपालिका गम्भिर रहेको बताउनु भयो ।
कार्यक्रमको सहजीकरण तथा व्यवस्थापन गरिरहेको सस्था ग्रामिण समाज उत्थान मंच नेपालका अध्यक्ष मुस्ताक अलि राईले नेपाल बाट भारत गएका बालबालिकाहरु घर तथा होटलहरुमा जोखिम मोलेर काम गरिरहेको साथै केहि बालबालिका सडकमा बेवारिसे अवस्थामा रहेको भन्दै दैनिक जसो भारतका विभिन्न संघ सस्थाहरुले जानकारी पठाउने गरेको तर कानुनी जटिलता र स्रोतको कमिले तत्काल उद्धार गर्न नसकिएको तितो अनुभव व्यक्त गर्नु भयो ।
उक्त कार्यक्रममा स्वास्थ्य सुरक्षा पालनागर्दै भौतिक उपस्थितिमा ४५ जना र भर्चुअल माध्यमबाट नेपाल र भारतका गरी ८५ जना सहभागी रहेको आयोजकले जनाएको छ ।