fbpx

हाम्रो मध्यवर्ती राधाकृष्ण सहकारी (साकोस) पुरस्कृत

हाम्रो मध्यवर्ती राधाकृष्ण सहकारी (साकोस) पुरस्कृत

हरिवंश पाण्डे, बर्दिया । जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्वर १ भुरीगाँउमा केन्द्रीय कार्यालय रहेको हाम्रो मध्यवर्ती राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था ९९ औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा पुरस्कृत भएको छ । शनिबार राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालले नगद सहित साकोसलाई पुरस्कृत गरेको हो ।

लुम्बिनी प्रदेशबाट बचत तथा ऋणको माध्यमद्वारा सदस्यहरुको वित्तीय पहुच वृद्धिका साथै आर्थिक तथा सामाजिक बिकासमा उल्लेख्य योगदान पुर्याएको भन्दै साकोसलाई नगद २५ हजार रुपैया सहित उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कारबाट पुरस्कृत गरिएको संस्थाका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।

काठमाडौंमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकार भुमि ब्यवस्था सहकारी तथा गरिबी निवारण माननीय मन्त्री लिलानाथ श्रेष्ठ र राष्ट्रिय सहकारी महासँघका अध्यक्ष मिनराज कडेलबाट संस्थाका अध्यक्ष नवराज न्यौपाने प्रमाणपत्र र पुरस्कार राशि बुझेका छन् ।
पुरस्कार प्राप्त पछि संस्थाका अध्यक्ष न्यौपानेले संस्थालाई यस उचाइमा पुर्याउन आ आफ्नो क्षेत्रबाट महतत्वपूर्ण भूमिका निर्वाह गर्ने सम्पुर्ण शेयर सदस्यहरु, संचालक समिति लेखा सुपरिवेक्षण समितिका संयोजक प्रमुख कार्यकारी अधिकृत सहित सम्पुर्ण कर्मचारी बर्गहरुलाई कृतज्ञता ब्यक्त गरेका छन् ।

तपाइको मत