जबरजस्ती करणी मुद्धाका फरार प्रतिवादी पक्राउ
- शनिबार असार १९ , २०७८
चुरेकुञ्ज, गुलरिया । प्रहरीले जबरजस्ती करणीका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । बर्दियाको बढैयाताल गउँपालिका वडा नम्वर ३ निवासी आकाश थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले पक्राउ गरेको छ ।
उच्च अदालत तुल्सीपुर नेपालगञ्जको ईजलासले ०७६ साल फागुन ४ गते थारुलाई जबरजस्ती करणी मुद्धामा ४ बर्ष ७ महिना ७ दिन कैद सजाय तोकेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । प्रहरीले लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरी बर्दिया जिल्ला अदालतमा बुझाएको डीएसपी शाहीले जानकारी दिए ।