fbpx

गुलरियामा निर्माणाधिन गणेशमान चोक झिलिमिलि

गुलरियामा निर्माणाधिन गणेशमान चोक झिलिमिलि


चुरेकुञ्ज, गुलरिया । बर्दियाको सदरमुकाम गुलरिया नगरपालिका स्थित जिल्ला प्रहरी कार्यालय अगाडी निर्माणाधिन गणेशमान चोकमा हाईमाक्स लाईट जडान भएपछि चोक झिलिमिली बनेको छ । निर्माणाधिन चोकको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएकोले केही दिनपछि नेपाली काँग्रेसका सर्वमान्य नेता लौहपुरुष गणेशमान सिंहको शालिक राखिने तयारी भएको जनाईएको छ ।

बर्दिया क्षेत्र नम्वर १ का संघीय सांसद संजयकुमार गौतमको सांसद विकास कोषको सहयोगमा वडामा चोक निर्माण गरी हाईमाक्स लाईट जडान गरिएको गुलरिया नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष निरज कुमार शर्माले बताए । चोक निर्माणका लागि गुलरिया नगर पालिकाकी उपमेयर सुशिला गिरीको अध्यक्षतामा बसेको वैठकले कैलासप्रसाद अधिकारी अध्यक्ष, लक्ष्मण घिमिरे सचिव, तुलकुमारी रेग्मी कोषाध्यक्ष सहितको ११ सदस्यीय शालिक निर्माण उपभोक्ता समिति गठन गरेको थियो ।

उनले भने सांसद विकास कोषको प्राप्त २५ लाख रुपैयाबाट चोक, शालिक र लाईट निर्माण भएको छ । चोकमा जडान गरिएको ठूलो लाईटले चोकको चारैतिर करिव ५० मिटरको दुरीमा उज्यालो दिने बताए । आगामी आर्थिक बर्षमा वडा नम्वर ६ तथा लुम्विनी प्रदेसको सहयोगमा गुलरिया स्थित हुलाक चोक, राधाकृष्ण चोक र निलो आयल स्टोर नजिकैको चोकमा हाईमाक्स लाईट जडान गरिने उनको भनाई छ ।

तपाइको मत