fbpx

असार २४ गतेदेखि गुलरिया नगरपालिकाको भुक्तानी बन्द

असार २४ गतेदेखि गुलरिया नगरपालिकाको भुक्तानी  बन्द


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिकाले असार मसान्तको ७ दिन अगावै आर्थिक भुक्तानी निकासा बन्द गर्ने भएको छ । आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व नियमावली ०७७ को नियम ३० को उपनियम ७ वमोजिम लेखा अद्यावधिक गर्ने प्रावधान रहेकाले भुक्तानी बन्द गर्ने सूचना मार्फत जानकारी गराएको छ ।

चालु आर्थिक बर्षको गुलरिया नगरपालिकाबाट हुने सवै प्रकारका भुक्तानी कानूनले तोकेको अवधि असार २४ गते कार्यालय समय पछि बन्द हुने गुलरिया नगरपालिकाका लेखा अधिकृत रुपक खत्रीले जानकारी दिए । हामीले काम सम्पन्न नभएका योजनाहरुलाई छिटो काम सकी आवस्यक कागजात, विल भरपाई सहित कार्यालयमा पेश गर्न सूचना गरीसकेका छौ ।

आर्थिक कार्यविधि अनुसार लेखालाई समयमै अद्यावधिक गर्नका लागि यस्तो गर्नु परेको उनको भनाई छ ।

तपाइको मत