fbpx

बर्दियामा समी बृक्षारोपणका अभियन्ता मेघनाथ (भिडियो रिपोर्ट)

बर्दियामा समी बृक्षारोपणका अभियन्ता मेघनाथ (भिडियो रिपोर्ट)

मुरली गोडिया, गुलरिया । बर्दियामा समीका विरुवाहरु भित्र्याएर परिचित बनाएका समी बृक्षका अभियन्ता गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी मेघनाथ अधिकारी आफू अस्वस्थ भएपछि जिल्लावासीहरुलाई अभियानको नेतृत्व लिनका लागि आब्हान गर्नु भएको छ ।

तत्कालिन गुलरिया गाउँ पञ्चायतका सचिव, राप्रपाका नेता एवम् समाजसेवी, प्रष्टवक्ता मेघनाथ अधिकारी केही दिन देखि दीर्घरोगसँग लड्दै हुनुहुन्छ । अन्तिम ईच्छा स्वरुप उहाँले पत्रकार सम्मेलनगर्दै प्रेस विज्ञप्ती जारी गर्दा सहभागी सबै विब्हल भए । बर्दिया जिल्लामा लगाइएका शमीका बोट तथा चौतारी संरक्षणका लागी बर्दियाबासीलाई उहाँले अनुरोध गर्नु भएको छ । जिल्लाका सार्वजनिक स्थलहरुमा ५ हजार शमिका बोट लगाई हुर्काइ चौतारी तयार गर्ने काम पुरा भैसकेको शमी व्यवस्था तथा संरक्षण राष्ट्रिय समिती बर्दियाका अध्यक्ष एवम् प्रकृति मानव केन्द्रित जनअभियानं, बर्दियाका अध्यक्ष मेघनाथ अधिकारीले बताउनु भएको छ ।

एक रिपोर्ट …………….

तपाइको मत