जनस्वास्थ्य मापदण्ड पालना गर्न बाँके प्रशासनको आग्रह
- बुधबार असार १६ , २०७८
हरिवंश पाण्डे, सुर्खेत । जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारीगर्दै जिल्ला बासीलाई कोभिडसंग सम्बन्धित स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी गरिएको सूचनामा दोस्रो लहरको कोरोना संक्रमण अझै पूर्ण अन्त्य नभई सकेको र तेस्रो लहराको संक्रमणको जोखिम उत्तिकै देखिएको हुँदा स्वास्थ्य मापदण्ड पालनामा विशेष जोड दिन अनुरोध गरिएको छ ।
जिल्लाबासीको दैनिक जीवनयापनले मध्यनजर गर्दै बाँकेमा कोरोना संक्रमण दरमा केही कमी आएको हुँदा सम्बन्धित पक्ष संगको छलफल पछि निशेधाज्ञा खुकुलो पारीएको हो । भारतमा तेस्रो चरणको कोरिना देखिए सगै बाँकेमा कोभिडको तेस्रो चरण भित्रिने चिन्ता बढेको हो । भारतसंग सीमा जोडिएको जिल्ला भएको र व्यारीक हिसाबले पनि निकै ओहोरदोहोर हुने रूपैडिया सीमानाका भएकोले चिन्ता लिइएको छ ।
सम्पूर्ण जिल्लाबासीलाई जनस्वास्थ्य मापदण्ड अनिवार्य पालन गर्न अनुरोध गर्दै कोही कसैले यसको उल्लंघन हुने गरी कार्य गरे गराएमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कारबाही हुने समेत जानकारी गराइएको छ । हाल सम्म बाँकेमा करिब १७५०० संक्रमित भै सकेका छन् । ६७१ जनाको उपचारको क्रममा मृत्यु भएको छ भने अझै केही बिरामी अस्पतालमा उपचारत रहेका छन् ।
