fbpx

ठाकुरबाबामा जेष्ठ नागरिकले पुजापाठ सहित धान दिवस मनाए

ठाकुरबाबामा जेष्ठ नागरिकले पुजापाठ सहित धान दिवस मनाए

हरिवंश पाण्डे, बर्दिया । ठाकुरबाबा नगरपालिका वार्ड नं १ भुरीगाँउ स्थित जेष्ठ नागरिक चौतारीले विशेष पूजापाठ सहित धान दिवस मनाएका छन् । नेपालमा हरेक वर्ष आषाढ १५ गते धान दिवस मनाउने गरिन्छ ।

दिवसका अवसरमा बर्दियामा विविध कार्यक्रमको आयोजन गरी धान दिवस मनाईएको छ । भुरीगाँउ क्षेत्रमा झण्डै दुई वर्ष अघि प्रक्रियागत दर्ता भै विविध धार्मिक नृत्यकर्म सञ्चालन गर्दै आएको जेष्ठ नागरिक चौतारीले यस पटक धान दिवस मनाएको छ ।

ठाकुरबाबा नगरपालिका वार्ड नम्बर १ र २ का जेष्ठ नागरिकहरुको सहभागितामा धान दिवस मनाईएको हो । मायराम खनाल अध्यक्ष रहेको जेष्ठ नागरिक चौतारीले धान दिवसको अवसरमा रोपाइँ कार्यक्रम आयोजना गरेको कार्यक्रममा सहभागी स्थानिय शिक्षक कलम बहादुर शाहीले जानकरी दिनुभयो । जेष्ठ नागरिकहरुले धार्मिक परम्परा अनुसार पूजापाठ गरी खेतमा प्रवेश गरी धान रोपाई गरेको उहाँले जानकारी दिनुभयो । झण्डै ३५ जना भन्दा बढी जेष्ठ नागरिकहरुले सामूहिक धान रोपाइँ गरेको शाहीको भनाई छ ।

धान रोपाई पश्चात सम्पुर्ण सहभागीलाई दही च्युरा खाई कार्यक्रमको समापन गरे । समाजमा रहेका हरेक जेष्ठ नागरिक ज्यूँदो इतिहास रहेको र उनीहरुबाट हामीले धेरै अनुभव लिन सकिने शिक्षक शाहीले प्रष्ट्याउनु भयो । धान दिवसका अवसरमा बर्दियाको गुलरिया, मधुवन, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र गेरुवा तथा बढैयाताल गाउँपालिकामा धान दिवस मनाईएको छ । गुलरिया नगरपालिकाले वेचैपुर र कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाले बढैयाताल गाउँपालिकामा कार्यक्रमको आयोजना गरी धान दिवस मनाएका छन् ।

तपाइको मत