fbpx

गेरुवा ग्रामिण जागरण संघद्वारा स्वास्थ्य कार्यालय बर्दियालाई २५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण

गेरुवा ग्रामिण जागरण संघद्वारा स्वास्थ्य कार्यालय बर्दियालाई २५ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण


चुरेकुञ्ज, गुलरिया । गेरुवा ग्रामिण जागरण संघ बर्दियाले स्वास्थ्य कार्यालयलाई करिव २५ लाख मुल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । टिडिएच फाउण्डेसन स्वीजरल्याण्डसँगको साझेदारी तथा आर्थिक सहयोगमा बर्दियामा संचालित प्रयास परियोजना अन्र्तगत कोभिड—१९ प्रतिकार्यका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो ।

गेरुवा ग्रामिण जागरण संघ केन्द्रिय कार्यालय बर्दियाका अध्यक्ष कृष्णजंग शाहले सोमवार एक कार्यक्रममा विच स्वास्थ्य कार्यालय बर्दियाका प्रमुखलाई २४ लाख ९८ हजार ९९० रुपैया बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् । संस्थाले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीले जिल्लाको स्वास्थ्य क्षेत्रमा केही हद सम्म भएपनि राहत पुग्ने विस्वास संस्थाले लिएको अध्यक्ष शाहको भनाई छ ।

अक्सिजन कन्सन्ट्रेटर ५ थान, अक्सिजन सिलिण्डर ४० लिटरको ४० थान, अक्सिजन फ्लो मिटर ४० थान, पल्स अक्सिमिटर ५७ थान, सर्जिकल मास्क ३५ हजार थान, डिस्पोजेवल लुज ग्लोब्स ५ हजार थान, हेन्ड सेनिटाईजर ५०० एमएल २ हजार १ सय थान, पीपीई फुल सेट २ सय थान, कार्डियाक मोनिटर ५ थान हस्तान्तरण गरिएको उनले जानकारी दिए ।

हस्तान्तरण कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्वर ६ का वडासदस्य शुधांसु प्रकाश शर्मा, नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्य, गैसस महासंघका अध्यक्ष विष्णु तिमिल्सिना, हिमालय टाईम्सका पत्रकार दिपक शर्मा, गेरुवाका पदाधिकारी, सदस्य, कर्मचारी एवम् स्वास्थ्य कार्यालय तथा अस्पतालका कर्मचारीहरुको सहभागीता थियो ।

स्वास्थ्य सामाग्री ग्रहणगर्दै स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले प्राप्त स्वास्थ्य सामाग्रीले बर्दियावासीको उपचारमा ठूलो गुन लगाएको बताए । गेरुवाले जिल्लाको स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग पुर्याएको स्मरण गराउँदै प्राप्त सामाग्रीहरु बर्दिया अस्पताल लगायत कोभिड अस्पतालहरुमा आवस्यकता अनुसार वितरण गरिने बताए ।

तपाइको मत