fbpx

विपन्न बृद्धालाई आर्थिक सहयोग

विपन्न बृद्धालाई आर्थिक सहयोग


चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी विपन्न बृद्धालाई आर्थिक सहयोग उपलब्ध गराईएको छ । वडा कार्यालयको पहलमा साना हातहरु नेपाल नामक संस्थाले ८४ बर्षिया बृद्धालाई आर्थिक सहयोग उपलब्ध गराएको हो ।

गुलरिया नगरपालिका वडा नम्वर ६ निवासी सुलेमान अन्सारीका ८४ बर्षिया श्रीमती मरियम शेष अन्सारीलाई वडाको पहलमा संस्थाले आर्थिक सहयोग उपलब्ध गराएको वडा अध्यक्ष निरज शर्माले बताए । बृद्धालाई वडा अध्यक्ष तथा संस्थाको तर्फबाट तारा वि.क. र कृष्ण चौधरीले गुलरिया नगरपालिका वडा नम्वर ६ को कार्यालयमा सहयोग हस्तान्तरण गरेको वडा अध्यक्ष शर्माले जानकारी दिए ।

राहत पाउने बृद्धा नेपाल भारत सीमानामा टाँचा चलाउने परिवारकी महिला हुन् । कोभिडका कारण सीमा शिलहुँदा टाँचा चल्न नपाएपछि उनीहरुको रोजगारी नै गुमेको छ ।

तपाइको मत