fbpx

पाँच बर्षिय बालकले पाए अभिभावक

पाँच बर्षिय बालकले पाए अभिभावक

चुरेकुञ्ज, गुलरिया । शनिवार बर्दियाको गुलरिया नगरपालिका वडा नम्वर ८ स्थित अलपत्र अवस्थामा फेला परेका ५ बर्षिय बालकलाई अभिभावकको जिम्मा लगाईएको छ । प्रहरीले फेला पारेको बालकलाई गुलरिया नगरपालिकाको सेवा केन्द्रमा राखिएको थियो ।

सेवा केन्द्रमा आश्रित ५ बर्षिय बालकका बावु गुलरिया नगरपालिका वडा नम्वर २ निवासी सुरत बहादुर गुरुंगलाई बच्चा जिम्मा लगाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए ।

तपाइको मत