fbpx

जीविकोपार्जनका लागि ठाकुरबाबामा तालिम

जीविकोपार्जनका लागि ठाकुरबाबामा तालिम

हरिवंश पाण्डे, बर्दिया । ठाकुरबाबा नगपालिकाको सहयोगमा नेपाल सरकार अर्थ मन्त्रालयको गरिबी निवारणका लागि लघु उद्मम विकास कार्यक्रम अन्तर्गत विपन्न तथा गरीव परिवारलाई आयआर्जनका लागि खाजानास्ता तथा ढकिया बुनाई तालिम दिईएको छ । उनीहरुलाई व्यवसाय सञ्चालनका लागि आवश्यक सामाग्री सहयोग समेत उपलब्ध गराईएको छ ।

ठाकुरबाबा नगपालिका भुरीगाँउमा आईतवार नगर प्रमुख घननारायण श्रेष्ठले उद्घाटन गरी शुभारम्भ भएको तालिम एक हप्ता सम्म सञ्चालन गरिएको थियो । तालिममा खाजा नास्तामा १८ जना र ढकिया बुनाइमा १० जना गरी जमा २८ जनाको सहभागिता रह्यो । सहभागी मध्ये खाजा नास्ता तर्फका अति विपन्न परिवारका ४ जना तालिम कर्तालाई तालिम समापन कार्यक्रममा उपस्थित निवर्तमान उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री विमला विकलें ठेलागाडा र अन्य सवै सहभागीलाई भाडा हस्तान्तरण गर्नु भएको नारी एकता शक्ति केन्द्रकी बिना भट्टराईले जानकरी दिनुभयो ।

कार्यक्रममा ठाकुरबाबा नगपालिका वार्ड नम्बर १ का वार्ड अध्यक्ष श्यामलाल थारु, वार्ड नम्बर ९ का वार्ड अध्यक्ष राधा चौधरी, ठाकुरबाबा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख, हिमालय सहकारी संस्थाका अध्यक्ष तथा नारी एकता शक्ति केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियोे । ठाकुरबाबा नगरपालिकाको सहयोगमा संचालित खाजानास्ता र ढकिया बुनाई तालिमको आयोजना नारी एकता शक्ति केन्द्र बर्दिया र हिमालय सहकारी संस्थाले गरेको हो ।

तपाइको मत