fbpx

कफीका पारखीहरुलाई गुलरियामा दर्जनौ भेराईटीका स्वाद

कफीका पारखीहरुलाई गुलरियामा दर्जनौ भेराईटीका स्वाद

चुरेकुञ्ज, गुलरिया । बर्दियाको सदरमुकाम गुलरियामा ब्लाक आई कफी सफ खुलेको छ । विजया गेष्ट हाउसको सामुन्नेमा खुलेको मिनी मार्केटसँगै जोडीएको सटरमा कफी पिउने पारखीहरुका लागि कफी सफ संचालनमा आएको छ ।

उक्त कफी सफको उद्योग बाणिज्य संघ बर्दिया, गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले उद्घाटन गरेका हुन् । कफी सफमा ब्लेन्डेड कफी, आईस्ड कफी, हट कफी र त्यसका अल्टर नेटिभ कफीहरुको वेजोड स्वाद सुपथ मुल्यमा लिन पाईने संचालक कृष्ण उपाध्यायले बताए ।

गुलरियालाई मध्यनजरगर्दै कफी पारखीहरुलार्य नयाँपनदिदै गुणस्तरिय स्वादका लागि कफी सफ संचालनमा ल्याएका हौं । उनले भने यतिखेर लकडाउनको अवस्था छ । विस्तारै सेवालाई बृहत रुपमा बढाउँछौं ।

तपाइको मत