fbpx

बाढीमा उद्धार गर्न कर्णालीमा कृतिम घटना अभ्यास

बाढीमा उद्धार गर्न कर्णालीमा कृतिम घटना अभ्यास

मिन अधिकारी, राजापुर । जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाको आयोजनामा बाढीको कृतिम घटना अभ्यास गरिएको छ । बर्दियाको राजापुर नगरपालिका वडा नं १ दौलतपुर स्थित कर्णाली नदीमा बाढीपूर्व अभ्यास सम्पन्न भएको छ ।

वाढीको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धारमा प्रयोग हुने उद्धार सामाग्री र जनशक्तीको अद्यावधिक तथा पुनःर्ताजगीका लागि खोज तथा उद्धार कार्यलाई प्रभावकारी वनाउने उदेश्यका साथ हरेक वर्ष झै यस बर्ष पनि कर्णाली नदिमा बाढी कृतिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली सेना, शसस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको प्राविधिक सहयोगमा बाढीको कृतिम घटना अभ्यास सम्पन्न गरिएको छ । घटना अभ्यासमा उद्धार गरि ल्याइएका घाइतेहरुलाई नेपाल रेडक्रस सोसाइटीका प्राथमिक उपचारक टोलीले प्राथिमक उपचार सेवा प्रदान गरि एम्बुलेन्स मार्फत नजिकको अस्पतालमा पठाउने कार्य भएको छ । सोे वाढीको कृतिम घटना अभ्यासमा सबै सरोकारवाला निकायहरुको सहभागीता रहेको थियो ।

विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि बनाईएको जिल्ला विपद् पुर्व तयारी तथा प्रतिकार्य योजना २०७८ मनसुन पूर्वतयारी कार्ययोजना अनुसार सोको प्रभावकारीका लागि सो योजनाको परिक्षण समेत गर्नूपर्ने व्यवस्था भए बमोजिम कर्णाली नदिको दौलतपुरघाट नजिक कार्यक्रम आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी एवम जिल्ला विपद् व्यवस्थापन समिति बर्दियाका संयोजक सन्त बहादुर सुनारले कृतिम घटना अभ्यासको ब्यानर पढेर उदघाटन गर्दै अभ्यासले बाढीका वखत जनशक्ति तथा आवश्यक खोज तथा उद्धार सामाग्रीको पुर्वतयारी गर्न सहयोग पुग्ने वताउनुभयो ।

“यस्ता अभ्यासले विपद् प्रतिकार्य गर्न प्रभावकारीता हुने छ । मनसुन सकृय रहेको र वाढी आइ हालेमा त्यसको प्रतिकार्य गर्न जिल्ला तयारी अवस्थामा रहेको छ प्रजिअ सुनारले वताउनु भयो । बाढी कृतिम अभ्यास कार्यक्रममा नेपाली सेना र शसस्त्र प्रहरी बलसंग रहेको मोटरबोट, रवरबोट लगायतका खोज तथा उद्धार सामाग्रीहरुको प्रयोग गरिएको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा भैरव प्रसाद गण इमाननगर ब्यारेक राँझाका प्रमुख सेनानी, बर्दिया जिल्लाका ४ वटै सुरक्षा निकायका प्रमुखहरु, राजापुुर नगरपालिकाका मेयर, सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल रेडक्रस सोसाइटी बर्दियाका सभापति, उपशाखा राजापुरका सभापति, पत्रकार महासघका उपसभापति, संचारकर्मीहरु, जिल्ला अगुवा सहयोगी निकाय (एक्सनएड र कमैया महिला जागरण समाज), सबै क्षेत्रगत अगुवाहरु, विपद्संग सम्बन्धित सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एबम प्रतिनिधिहरु, सामाजिक विकास तथा अनुसन्धान केन्द्रका प्रतिनिधिहरु, समुदायिक कार्यदलका सदस्यहरुको उपिस्थिति रहेको थियो ।

कार्यक्रमको परिदृश्यबारे जानकारी र कार्यक्रमको सहजिकरण सशस्त्र प्रहरी उपरिक्षक नरबहादुर रावत र जिल्ला विपद् व्यस्थापन समितिका फोकल पर्सन नारायण प्रसाद ढकाल र सूचना व्यवस्थापन अधिकृत गौरीलाल बुढाथोकीले गर्नु भएको थियो ।

तपाइको मत