fbpx

बर्दियामा असार १४ गते सम्म लम्बियो निषेधाज्ञा

बर्दियामा असार १४ गते सम्म लम्बियो निषेधाज्ञा

हरिवंश पाण्डे, बर्दिया । जिल्ला प्रशासन कार्यलय बर्दियाको पूर्व घोषित निषेधाज्ञा लाई केही खुकुलो बनाउँदै थप एक हप्ताका लागि थपिएको छ । प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेश अनुसार बर्दियामा असार १४ गते राति १२ बजे सम्मका लागि निषेधाज्ञा थपेको हो ।

कोभिड संक्रमितहरुको संख्या क्रमिक रुपमा कम हुँदै गएता पनि जिल्लामा अझै सक्रिय संक्रमित बढी रहेको र जोखिम कायमै रहेको हुँदा सर्वसाधारणको समस्यालाई मध्यनजरगर्दै थप खुकुलोपार्दै निषेधाज्ञा थपिएको हो । जसअनुसार खाद्यान्न पसल लगाएत अत्यावश्यक सामग्रीको पसलहरु दिउँसो ३ बजे सम्म संचालन गर्न पाइने छन् । होटल रेष्टुरेन्टहरुले डेलिभरी सेवा मार्फत आफ्नो व्यवसाय सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ ।

गोष्ठी सभा सम्मेलन तालिम तथा कुनै पनि जमघटका कार्य निषेधाज्ञा अवधिभर सञ्चालनमा रोक लगाएको छ । त्यसै गरी सम्पूर्ण निजी सवारी साधन भाडाका सवारी साधन समेत चलाउन पाइने छैन । एम्बुलेन्स, दमकल, सञ्चार, विद्युत, सरसफाइ, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाका कार्यालय एंव संस्थामा कार्यरत कर्मचारीले प्रयोग गर्ने अनुमति प्राप्त सवारी साधन लगाएतका साधनहरू निर्वाधरुपमा सञ्चान हुन पाउने आदेशमा उल्लेख गरिएको छ ।

बर्दिया जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेश ।

तपाइको मत